पर्यटन विभागको महानिर्देशकमा बुढा नियुक्त

पर्यटन विभागको महानिर्देशकमा बुढा नियुक्त

काठमाडौं : पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख रहेका बुढालाई महानिर्देशकमा नियुक्त गरेको हो। 

विभागका तत्कालीन महानिर्देशक होमप्रसाद लुइँटेल सूचना आयोगमा सरुवा भएपछि उक्त पद रिक्त थियो। 

यसअघि अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागमा साढे दुई महिना महानिर्देशक बनेका बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका थिए।

बुढा पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएपछि पर्यटन महाशाखाको प्रमुखमा मन्त्रालयका सहसचिव एवं प्रवक्ताको जिम्मेवारी राजेन्द्रकुमार केसीलाई दिइएको छ। 

असोज १, २०८० सोमबार १६:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।