तीजमा श्रीमतीसँग बामदेव गौतमको डान्स, ‘सोचे झैँ जीन्दगी रैनछ’

तीजमा श्रीमतीसँग बामदेव गौतमको डान्स, ‘सोचे झैँ जीन्दगी रैनछ’

काठमाडौं : सनातनी महिलाहरूले आज हरितालिका तीज मनाउँदैछन्।

बिहानैदेखि निराहार, जलाहार र फलाहार व्रत बसेर उनीहरूले आफ्नो परिवार र श्रीमान्को दीघायुको कामना गर्दैछन्।

व्रतसँगै लामो समयपछि भेट भएका दिदिबहिनीहरूबीच नाचगानसमेत गर्छन्।

तर, आजकल महिला मात्र कहाँ नाचगानमा रमाउँछन्, उनीहरूलाई पुरुषले पनि साथ दिने गरेका छन्।

यसैबीच हरितालिका तीजकै अवसरमा कम्युनिष्ट नेता वामदेव गौतम पनि नाचेका छन्।

उनी आफ्नी श्रीमती तुलसा थापासँग ‘सोचे झैँ जीन्दगी रैनछ’ बोलको गीतमा कम्मर मर्काइ मर्काइ नाचेका हुन्।

कमिज, सुरुवाल, ज्वारीकोट र ढाका टोपीमा सजिएका उनले रातो सारीमा सजिएकी श्रीमती थापासँग नाचेको भिडियो सामाजिक सञ्जालमा छाएको छ।

@krishnamayadevipokhrel

 

♬ original sound - krishnamayadevipokhrel

असोज १, २०८० सोमबार १६:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।