गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ परेका दीपेन्द्र राई रिहा

गैह्रीगाउँ हत्या प्रकरण :  पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौं : काठमाडौंको तीनकुने गैह्रीगाउँस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ। 

एकै परिवारका तीनसहित चार जनाको हत्या प्रकरणमा राईको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। 

घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो।

गएको शुक्रबार राति करिब ११ः३० बजे सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उहाँकी पत्नी अम्बिका भुजेल र अम्बिकाकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या धारलो हतियार प्रहार गरि हत्या गरिएको थियो। 

असोज १, २०८० सोमबार १६:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।