भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गयो : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गयो : गृहमन्त्री श्रेष्ठ
फाईल फोटो

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन्। 

सोमबार आज गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए। 

देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद  हुँदै गएको उनको भनाइ छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले जुनसुकै पार्टी भए पनि गलत गर्नेलाई नछोड्ने बताए। उनले नेताहरूलाई खबरदारी गर्न समेत युवाहरूलाई आह्वान गरेका छन्।

सरकारले सुशासन र भ्रष्टाचार विरोधी अभियानको थालनि गरेको उल्लेख गर्दै उनले भने, ‘मिटर ब्याज सम्बन्धी  कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ। पुलिस प्रशासनमा सरुवा बढुवामा  लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ।  भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण  सबैलाई कारबाही  अगाडि बढेको छ।’ 

असोज १, २०८० सोमबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।