वीपी साहित्य महोत्सवको रोकिएको कार्यक्रम असोज ३ गते हुने

वीपी साहित्य महोत्सवको रोकिएको कार्यक्रम असोज ३ गते हुने

काठमाडौं : संविधानसभा अध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनपछि रोकिएको बिपी साहित्य महोत्सव असोज ३ गते हुने भएको छ। 

नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेसले विभिन्न कार्यक्रम गरी मनाएको थियो।

तर, समापन सभाको दिन संविधान सभा अध्यक्ष नेम्वाङको निधन भएका कारण पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको थियो। 

महोत्सव आयोजक कमिटीको बैठकले रोकिएका बाँकी कार्यक्रमसहितको समापनसभा असोज ३ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।

वीपी स्मृति भवन सानेपा, ललितपुरमा उक्त कार्यक्रमको आयोजना गरिने बताइएको छ। 

असोज १, २०८० सोमबार १३:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।