३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन सुरु

३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन सुरु

काठमाडौं : आजदेखि राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन संकलन सुरु गरेको छ। ३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि ६६ पृष्ठको वितरण गर्दै आएको विभागले पुनः आवेदन खुला गरेको हो। 

विभागका अनुसार अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानीका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि ३४ र ६६ पृष्ठका गरी दुईथरी राहदानी वितरण गर्ने गरेको थियो।

३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको थियो। ३ असारदेखि विभागले ३४ पृष्ठको राहदानी सकिएको भन्दै ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो।

असोज १, २०८० सोमबार १२:५१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।