विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन निर्देशन दिइसकें : प्रचण्ड

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन निर्देशन दिइसकें : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका उनले त्यहाँ स्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट बञ्चित हुन नदिइने बताए।

प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए।

साथै उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको पनि उल्लेख गरे।

हाल सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो।

असोज १, २०८० सोमबार १२:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।