सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइदै

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइदै

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व मनाइँदैछ। विजयउत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ। 

भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। 

‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ।

यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ।

यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ।

भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ।

बुढीलाई पोलेपछि दुःख कष्ट पनि नास हुने मान्यता रहेको छ।बर्खामा लोगका रोगब्याथालाई पनि बुढीसँगै लिएर जाने विश्वास गरिएको छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ।

त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गर्ने चलन पनि छ।

असोज १, २०८० सोमबार ११:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।