बिदामा बसेका न्यायाधीशको टेवलमा पेसी परेपछि सन्दीपविरुद्धको मुद्दा स्थगितको सूचिमा

बिदामा बसेका न्यायाधीशको टेवलमा पेसी परेपछि सन्दीपविरुद्धको मुद्दा स्थगितको सूचिमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज (सोमबार) नहुने भएको छ।

सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएकाे सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

यसअघि पटक–पटक पेसी चढेर पनि किनारा पाउन नसकेको मुद्दा सोमबार पनि स्थगितको सुचिमा परेको हो। 

गोलाप्रथाद्वारा अदालतमा मुद्दाको पेसि तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो अवस्थामा मुद्दा स्थगनमा पर्ने गरेको छ।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ।

सन्दीपको मुद्दालाइ फास्ट ट्र्याकबाट किनारा लगाउन सर्वोच्चले गत फागुन १५ गते नै निर्देशात्मक आदेश गरेको थियो।
 

असोज १, २०८० सोमबार ११:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।