तीजको कार्यक्रममा झडप, चक्कु प्रहारबाट एक युवकको हत्या

तीजको कार्यक्रममा झडप, चक्कु प्रहारबाट एक युवकको हत्या

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा गएराति एक युवकको चक्कु प्रहार गरि हत्या भएको छ।

तिनाउ गाउँपालिका—२ दोभानका २४ बर्षिय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

तीजको कार्यक्रममा नाच्ने क्रममा भएको सामान्य झगडाले ठुलो रुप लिदा खत्रीमाथी चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

चक्कु प्रहार बाट घाईते भएका खत्रीलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उनको आइतबार राती मृत्यु भएको हो।

प्रहरीले हत्याको आरोपमा ४ जना युवालाई पक्राउ गरिकेको छ। घटना बारे थप अनुसन्धान भइरहेको भन्दै पक्राउ गरिएकाहरुको नाम गोप्य राखिएको प्रहरी निरीक्षक चन्दले बताए।

असोज १, २०८० सोमबार १०:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।