दरबारमार्गमा नयाँ स्वरुपमा फर्कियो केएफसी

दरबारमार्गमा नयाँ स्वरुपमा फर्कियो केएफसी

काठमाडौं : देवयानी इन्टरनेशनल (नेपाल) प्रालिले दरवारमार्गमा सञ्चालन गरेको केएफसी नयाँ रुपमा फर्किएको छ। केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको हो।

दरबारमार्गमा खुलेको शाखा नेपालमा केएफसीको पहिलो स्टोर हो। सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गमा स्टोर सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बोन) को उत्पादन सुरु गर्ने भएको छ। 

नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरुसमक्ष पुर्याउने निर्णय केएफसीले गरेको छ।

केएफसीका नेपाल कन्ट्री म्यानेजर विजय शर्माले भने, ‘केएफसी दरबारमार्ग स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सीट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिनेछ। ग्राहकहरुको अनुभवलाई अभिवृद्धि गर्न छिट्टै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा खानेकुरा अर्डर गर्न सकिने सेल्फ अर्डरिङ कियोस्क मेसिन जडान गरिनेछ। केएफसीलाई आधुनिक तथा रमणीय वतावारण बनाउन करिब १ करोड खर्च भएको छ।’

केएफसीका चिफ फाइनान्स अफिसर रितुराज शाहले भने, ‘आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गरको अफर ल्याएको छ। ग्राहकहरुलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्न लोकप्रिय प्रडक्ट आएको छ।’

केएफसी ग्राहकमैत्री भएर नयाँ रुपमा फर्किएको केएफसीका सेल्स एन्ड मार्केटिङ नीति बस्नेतले बताइन्।
 

असोज १, २०८० सोमबार १०:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।