आज आश्विन संक्रान्ति, विश्वकर्मा पूजा तथा​​​​​​​ वास्तु दिवस मनाइँदै

आज आश्विन संक्रान्ति, विश्वकर्मा पूजा तथा​​​​​​​ वास्तु दिवस मनाइँदै

काठमाडौं : आज (सोमबार) असोज १ गते, विश्वकर्मा पूजा। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँछन्।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधि पूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

असोज १, २०८० सोमबार ०७:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।