आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?

आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?

काठमाडौं : आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र देशका बाँकी भूभागका थोरै स्थानहरूमा आज मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १, २०८० सोमबार ०७:०८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।