अवैध सुन प्रकरण : ३ अर्ब ५० करोडको बिगो मागदाबी गर्दै अभियोग पत्र दर्ता, २९ जना प्रतिवादी

अवैध सुन प्रकरण : ३ अर्ब ५० करोडको बिगो मागदाबी गर्दै अभियोग पत्र दर्ता, २९ जना प्रतिवादी

काठमाडौँ : काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन प्रकरणको अभियोग पत्र दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि नेउपाने अभियोग पत्र दर्ता गरिएको उकेरालाई जानकारी दिए।

‘हामीले २९ जना विरुद्ध मुद्दा दर्ता गरेका छौँ,’उनले भने '६ जनालाई भने मुद्दा दर्ता गरेनौँ।’

अभियोग पत्रमा कुल ३ सय ६२ किलोग्राम सुनको बिगो मागदाबी गर्दै ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको छ। सङ्गठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन, नेपाल राष्ट्र बैङ्क ऐन, मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर मागदावी लिइएको छ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक सु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।  सुरुवातमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गरे पनि पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानको जिम्मेवारी पाएको थियो। ब्युरोले राजनीतिक उच्चतहका व्यक्तिहरूलाई नछोई अनुसन्धानको प्रस्तावित राय र सुझाव बुझाएको थियो। 

भदौ ३१, २०८० आइतबार १८:००:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।