एसिया कप फाइनल : भारतविरुद्ध श्रीलंका ५० रनमै अल आउट

एसिया कप फाइनल : भारतविरुद्ध श्रीलंका ५० रनमै अल आउट

काठमाडौं : एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतविरुद्ध श्रीलंकाको टोली ५० रनमा सिमित भएको छ। 

यो भारत विरुद्धको एकदिवसीय क्रिकेटमा श्रीलंकाको सबैभन्दा न्यून स्कोर हो। यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई २२ ओभरमा ७३ रनमा अलआउट गरेको थियो। 

यति मात्र होइन, यो भारतविरुद्धको एकदिवसीय क्रिकेटमा कुनै पनि टोलीको सबैभन्दा कम स्कोर हो। यसअघि बंगलादेशले सन् २०१४ मा मिरपुरमा भारतविरुद्ध ५८ रन बनाएको थियो ।

५० रनको स्कोर कुनै पनि एकदिवसीय फाइनलमा सबैभन्दा कम स्कोर हो। 

यसअघि शारजाहमा भएको एसिया कप सन् २००० मा श्रीलंकाविरुद्ध भारतीय टोली ५४ रनमा अलआउट भएको थियो। 

श्रीलंकालाई ध्वस्त पार्न भारतका मोहम्मद सिराजले ६ विकेट लिए। अन्तिममा हार्दिक पंड्याले ३ विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए। श्रीलंकाका ५ जना ब्याटर शून्यमा आउट भएका थिए। 

कुशल मेन्डिसले १७ र दुनिथ वालेलाग्गेले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक मा रन बनाउन सकेनन्। 

सामान्य लक्ष्य पाएको भारतले केही समयपछि ब्याटिङ गर्दैछ।  

भदौ ३१, २०८० आइतबार १७:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।