गैह्रीगाउँ हत्याकाण्ड : मुख्य आरोपीको स्वीकारोक्ति, कापीमा लेखे, ‘आइ किल्ड फोर पिपुल’

गैह्रीगाउँ हत्याकाण्ड : मुख्य आरोपीको स्वीकारोक्ति, कापीमा लेखे, ‘आइ किल्ड फोर पिपुल’

काठमाडौं : काठमाडौंको तिनकुने गैह्रीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा आफनो संलग्नता भएको स्वीकार गरेका छन्।

आरोपी बोल्न नसक्ने भएकाले प्रहरीले लेखेर संवाद गरिरहेको बताइएको छ। उनले कापीको पानामा  ‘आइ किल्ड फोर पिपुल’ लेखेको प्रहरीले जनाएको छ। 

मुख्य आरोपीको स्थायी घर मोरङ बताइएपनि नाम भने गोप्य राखेको छ। गएको शुक्रबार राति काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो।

दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो।

उनीहरुको टाउको तथा कम्मरमा धारिलो हतियारको घाउ रहेको प्रहरीले जानकारी दिएको छ। 

भदौ ३१, २०८० आइतबार १७:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।