भ्रष्टाचार नियन्त्रणको माग गर्दै आम जनता पार्टीद्वारा भन्सार विभागको कार्यालय घेराउ

भ्रष्टाचार नियन्त्रणको माग गर्दै आम जनता पार्टीद्वारा भन्सार विभागको कार्यालय घेराउ

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गरेको छ।

सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पार्टीले आज (आइतबार) विभागको कार्यालय घेराउ गरेको हो। 

ललितपुरको कुपण्डोलबाट जुलुश निकालेर त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको पार्टी प्रवक्ता सिबी साहले बताए।

सोहि क्रममा उनीहरुले भन्सार विभागका डिजीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाएको छ। 

भदौ ३१, २०८० आइतबार १४:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।