गैह्रीगाउँ हत्याकाण्ड : सीसीटीभी फुटेजमा देखिएका संदिग्ध पक्राउ

गैह्रीगाउँ हत्याकाण्ड : सीसीटीभी फुटेजमा देखिएका संदिग्ध पक्राउ

काठमाडौं : काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउस्थित दिव्य सःमिलभित्र चार जनाको हत्या भएको घटनामा संलग्न रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सीसीटीभी फुटेजमा देखिएका संदिग्धलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको जानकारी दिएको छ।घटनास्थल वरपरका सीसीटीभी फुटेजमा प्रहरीको अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ। 

गएको शुक्रबार राति काठमाडौँ महानगरपालिका–३२ गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो।

सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो।

उनीहरुको टाउको तथा कम्मरमा धारिलो हतियारको घाउ रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

भदौ ३१, २०८० आइतबार १४:१४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।