बाँकेस्थित पूर्वपश्चिम राजमार्गमा बम विस्फोट, द्वन्द्वकालिन माइन हुनसक्ने आशंका

बाँकेस्थित पूर्वपश्चिम राजमार्गमा बम विस्फोट, द्वन्द्वकालिन माइन हुनसक्ने आशंका

बाँके : बाँकेको राप्ती सोनारी गाउापालिका ८ स्थित पूर्वपश्चिम राजमार्ग बम विस्फोट आइतबार बिहान भएको छ। 

विस्फोटका कारण राजमार्गको आधा भागमा ठूलो भ्वाङ परेको थियो। अहिले उक्त भ्वाङ सडक डिभिजन कार्यालयको टोलीले पुरिसकेको छ। 

विस्फोटन भएको सूचना पाएपछि बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले उक्त ठाउँको अवलोकन समेत गरेको थियो। 

अवलोकनका क्रममा उक्त विस्फोटक पदार्थ शसस्त्र द्वन्द्वको समयमा राखिएको माइन हुनसक्ने आशंका गरिएको छ। 

भदौ ३१, २०८० आइतबार १३:१३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।