सुन तस्करी प्रकरण : संलग्नविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

सुन तस्करी प्रकरण : संलग्नविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता तयारी गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्न लागेको हो। 

सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो। जसमध्ये १८ जना अझै फरार सूचीमा रहेका छन्।

सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ केजी सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ।

तस्करविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सीआईबीको सुझाव छ।

भदौ ३१, २०८० आइतबार १२:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।