‘नाडा अटो शो’ को स्टलमा देखियो जनकपुरधाम, वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको भिड
काठमाडौं : नेपाली बजारमा वुलिंग एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘नाडा शो मा’ फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई ‘बाइ वान गेट वान’ फेसिलीटी उपलब्ध गराउदै आइरहेको छ।
‘बाइ वान गेट वान’ फेसिलीटी अन्तर्गत ३ सय किलो मिटर वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले वुलिंगको स्टलबाट त्यही बसेर फाइनान्स को सुबिधा, गाडी एस्क्चेंज को सुविधा समेत पाउने छन्।
नाडा अटो शोमा रहेको वुलिंगको स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ। जसमा जनकपुरधाम, कुमारी,स्वयम्भु, बसन्तपुर दरवार, डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेको कमपनीले जानकारी दिएको छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ रहेको छ।
नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५९ ओटा बुकिंग भैसकेको छ। १०० किलो मिटरको स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अनरअफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो।
१७ सेप्टेम्बरसम्म भृकुटिमण्डपमा जारी अटो सोको आज आइतबार अन्तिम दिन हो। आजसम्म कम्पनीले एक सय ओटा बुकिंग लिने लक्ष्य बनाएको छ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ।वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्।
वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीले जानकारी दिएको छ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ। बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारीक घरना हो।
काठमाडौ को नक्साल, भैसेपाटी, भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ। नेपालभरी रहेको ५१ भन्दा बढि नेपाल बिद्युत प्राधिकरणको चार्जिङ्ग स्टेसन बाट सजिलै तीन घण्टामा फुल चार्ज गर्न सकिने बताइएको छ।
यो इन्डोनेसिया बाट आयात गरेको संसार को बलियो सिटि कार रहेको छ।
भदौ ३१, २०८० आइतबार ११:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।