मेस्सी नभएको खेलमा मायामी ५-२ ले पराजित, १२ खेलको अपराजित यात्रा सकियो

एजेन्सी : कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीबिना मैदानमा उत्रेको इन्टर मायामी मेजर लिग सकरमा एटलान्टा युनाइटेडसँग ५-२ गोल अन्तरले पराजित भएको छ।
मेस्सी क्लबमा आबद्ध भएपछि १२ खेलसम्म अपराजित रहेको मायामीको यो पहिलो हार हो। मेस्सीबिना खेलेको पछिल्ला १३ खेलमा मायामीले एक खेल मात्र जितेको रेकर्ड छ।
खेलमा अग्रता भने मायामीले २५ औं मिनेटमा मायामीको गोल मार्फत कायम गरेको थियो।
तर यसपछि खेलमा फर्किएको एटलान्टाले पहिलो हाफमै तीन गोल फर्कायो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
यो हारसँगै मियामी २७ खेलबाट २८ अंकसहित एमएलएसको १४ औं स्थानमा छ।
भदौ ३१, २०८० आइतबार ११:०३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।