एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंका भिड्दै, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंका भिड्दै, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड

काठमाडौं : एसीसी एसिया कपको १६औं संस्करणको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन्।

याे खेल कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे फाइनल खेल सुरु हुने छ।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन्। यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो। उक्त म्याच महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि उचालेको थियो। 

एसिया कपको इतिहासमा यी दुई टोलीबीचको यो आठौं फाइनल हुनेछ। भारतले अहिलेसम्म चार पटक फाइनल जित्न सफल भएको छ भने श्रीलंकाले तीन पटक उपाधि जितेको छ।

यसअघि शुक्रबार भएको खेलमा ओडीआईमा बंगलादेशले एघार वर्षपछि भारतमाथि जित हात पारेको थियो।फाइनलअघिको त्यो हारले आत्मविश्वासमा केही कमी आएपछि रोहित शर्माको टिम सशक्त रुपमा फाइनलमा फर्कने लक्ष्यमा रहेको छ।

यस्तो छ ‘हेड टु हेड’ रेकर्ड

भारत र श्रीलंकाको टोली अहिलेसम्म एकदिवसीयमा १६६ पटक आमनेसामने भएका छन्। यो अवधिमा भारतले अग्रता लिएको छ। उसले ९७ खेल जितेको छ।

श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेलको नतिजा भने सार्वजनिक भएको छैन। एक खेलमा बराबरी भएको छ।

भारत ः

रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, हार्दिक पाण्डेय (उपकप्तान), रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद। शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्ण, वाशिंगटन सुन्दर (चाेटिल अक्षर पटेलको लागि कभर)।
श्रीलंका ः

दासुन शानाका (कप्तान), पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल परेरा, कुसल मेन्डिस (उपकप्तान), चारिथ असालान्का, धनन्जय डी सिल्भा, सादिरा समरविक्रम, दुनिथ भेलालागे, मथिशा पाथिराना, कासुन हेन राजितो, दुनिथ भेलालगे, मथिशा पाथिराना, दुनिथ फेर्राना, कुसल परेरा। 

भदौ ३१, २०८० आइतबार १०:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।