पहिले गोल खाएको सिटीले दोस्रो हाफमा ३ गोल फर्कायो, लिगमा लगातार पाँचौं जित
काठमाडौं : पहिलो हाफमा गोल खाएको म्यानचेष्टर सिटीले दोस्रो हाफमा ३ गोल फर्काउँदै प्रिमियर लिगमा सानदार जित निकालेको छ।
जारी लिगमा लगातार पाँच खेल जित्ने एक मात्र टिम बन्ने क्रममा सिटीले वेष्टह्यामलाई ३-१ ले हरायो।
३६औं मिनेटमा वार्ड प्रोसको गोलमार्फत घरेलु मैदानमा वेष्टह्यामले सुरुवाती अग्रता लिएको थियो। तर दोस्रो हाफमा सिटी खेलमा फर्कियो।
४६ औं मिनेटमा जेरेमी डोकुले सिटीका लागि बराबरी गोल फर्काए भने ७६औं मिनेटमा बर्नार्डो शिल्भाले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए।
यसपछि ८६औं मिनेटमा हालान्डले थप एक गोल गर्दै सिटीको ३-१ को जित पक्का गरे। लगातार यो पाँचौं जितपछि सिटी १५ अंकसहित लिगको शीर्ष स्थानमा छ।
भदौ ३१, २०८० आइतबार ०८:४३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।