बुलिङ ईभीको दुई गाडी सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज
काठमाडौं : नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘नाडा अटो शो’ एक किन्दा अर्को उपहार योजना उपलब्ध गराएको छ।
यो योजनाअन्तर्गत तीन सय किलोमिटर बुलिङ किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् भने ग्राहकले बुलिङको स्टलबाट त्यही बसेर ईएमआई १७,९,२५ को फाइनान्स सुबिधामा गाडी एक्सचेन्जको सुविधा पाउनेछन्।
नाडा अटो शोमा रहेको बुलिङको स्टलमा देशको संस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धन होस् भनेर कम्पनीले जनकपुरधाम, कुमारी, स्वयम्भु, बसन्तपुर दरबार, डमरु लगायतका तस्बिर प्रयोग गरेको छ।
कम्पनीले शो मा २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा बुलिङ एयर ईभी उपलब्ध गराएको छ, जसको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार अहिलेसम्म ५९ वटा बुलिङ गाडी बुकिङ भइसकेको छ। कम्पनीले १७ सेम्टेम्बरसम्म चल्ने शो मा एक सयवटा बुकिङ लिने लक्ष्य राखेको छ।
बुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। बुलिङ एयर ईभी चाहिँ इन्डोनेसिया लगाएत विश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।
भदौ ३०, २०८० शनिबार २२:५५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।