उकेरा टप फाइभ : काठमाडौंको काठ मिलमा चार जनाको हत्यादेखि छ हजार शव चिरेका डाक्टर गोपालको अनुभवसम्म

उकेरा टप फाइभ : काठमाडौंको काठ मिलमा चार जनाको हत्यादेखि छ हजार शव चिरेका डाक्टर गोपालको अनुभवसम्म

काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरे। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा ‘बासँग बालबालिका’ कार्यक्रममा सहभागी भए। त्यहाँ उनले बालबालिकाले राखेका जिज्ञासाको जवाफ दिए।

यस्तै शनिबार बिहानै चार जनाको हत्या भएको समाचार फैलियो। काठमाडौंको गैह्रीगाउँमा भएको घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लियो।

अब लागौं उकेरा टप फाइभतर्फः
शनिबार बिहानै उकेराले काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनाबारे समाचार लेख्यो। समाचारमा घटनाको विवरण र एक जना पक्राउ परेको उल्लेख छ।
पूरा समाचारः गैह्रीगाउँ हत्या प्रकरणः छानबिनका लागि पाँच सदस्यीय समिति गठन

दिउँसो उकेराले साताको शेयर समीक्षा लेख्यो। यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो। चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो।
पूरा समाचारः कस्तो रह्यो यो साता शेयर बजार?

साँझपख उकेराले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेको तस्बिरहरूसहितको समाचार लेख्यो। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
पूरा समाचारः प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान (तस्बिरहरू)

यस्तै साँझमै उकेराले काठमाडौं उपत्यकाको बागमती किनारमा रहेको शंखमुल बदलिएकोबारे तस्बिरहरूसहितको समाचार छाप्यो। पार्क बन्नुअघिको शंखमूल घाट र पार्क बनेपछिको घाटमा धेरै फरक रहेको स्थानीयको अनुभव छ। पार्क बनेपछि चहलपहलसमेत बढेको छ।
पूरा समाचारः बदलिएको शंखमुल (तस्बिरहरू)

राति उकेराले आफ्नो नियमित स्तम्भ डाक्टरका सुखदुखमा छ हजार शव चिरेका डाक्टर गोपाल चौधरीको अनुभव समेट्यो। जसमा उनले यस पेशामा लाग्दा सुरुवाती क्षण र शव परीक्षणका किस्साहरू उकेरासँग साटे।
पूरा समाचारः छ हजार शव चिरेका डा.गोपालको अनुभवः हवाई दुर्घटनापछि १४ जनाको शव दुई सय टुक्रा भएर आयो

भदौ ३०, २०८० शनिबार २२:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।