बुवालाई जिस्काएर धुलो माटो छर्किदिएपछि हत्या

बुवालाई जिस्काएर धुलो माटो छर्किदिएपछि हत्या

रौतहट : कटहरिया नगरपालिका-५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्री साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्री साहले उनको हत्या गरेका हुन्।

बद्रीले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्रिलाई पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको लागि उक्त झै-झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ ३०, २०८० शनिबार २२:०५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।