पाकिस्तानी फास्ट बलर नसीम शाह विश्वकपबाट बाहिरिने

पाकिस्तानी फास्ट बलर नसीम शाह विश्वकपबाट बाहिरिने

काठमाडौं : पाकिस्तानी फास्ट बलर नसीम शाह दाहिने काँधमा चोटका कारण विश्वकपबाट बाहिरिन सक्ने भएका छन्।

दुबईमा गरिएको परीक्षणमा उनको चोट निकै गम्भीर रहेको र उनी पूरै एक वर्ष मैदान बाहिर हुने देखिएको छ।

उनी विश्वकप मात्रै नभई यसै वर्षको अन्त्यमा हुने अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज र पीएसएलबाट पनि बाहिरिने सम्भावना रहेको ईएसपीएनक्रिकइन्फोले जनाएको छ।

नसीमलाई एसिया कपको सुपर फोरमा भारतविरुद्धको खेलमा चोट लागेपछि खेल र प्रतियोगिताबाटै बाहिरिएका थिए। नसीम टिमबाहिर हुँदा पाकिस्तानको विश्वकपको तयारीमा ठूलो धक्का लाग्नसक्ने देखिन्छ।

पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले नसीमको स्वास्थ्यबारे अर्को राय लिन चाहने भएपछि अर्को मेडिकल परीक्षण गरिएको छ। यस स्क्यानको रिपोर्ट आएपछि पीसीबीले उनलाई टिमबाट बाहिरै राख्नसक्ने देखिएको छ।

यदि त्यसो भएको अवस्थामा उनको स्थानमा फास्ट बलर जमान खानलाई विश्वकप टोलीमा समावेश हुनेछन्, जसले एसिया कपमा पनि नसीमको स्थानमा खेलेका थिए।

२० वर्षीय नसीम करियरको सुरुवातदेखि नै चोटले ग्रसित छन्। १७ वर्षको उमेरमा ढाडको चोटका कारण उनले सुरुमा १४ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट गुमाएका थिए।

सुरुमा टेस्ट बलर भए पनि उनी अहिले पाकिस्तानका लागि तीनवटै ढाँचामा बलिङको महत्वपूर्ण कडी बनेका छन्। एकदिवसीय क्रिकेटमा नसिमले १४ खेलमा १७ भन्दा कमको औसतमा ३२ विकेट लिएर आफ्नो टोलीका उत्कृष्ट बलर बनेका छन्।

भदौ ३०, २०८० शनिबार २१:३२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।