नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

काठमाडौं : एमालेका सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना व्यक्त गरेका हुन्।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिए।

समवेदना दिन एमालेका सबै सांसद गएका थिए। नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो।

भदौ ३०, २०८० शनिबार २०:५८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।