गल्फ टी-२० च्याम्पियनसिप : ओमानलाई युएईले दियो १९२ रनको लक्ष्य

गल्फ टी-२० च्याम्पियनसिप : ओमानलाई युएईले दियो १९२ रनको लक्ष्य

काठमाडौं : गल्फ क्रिकेट टी-२० च्याम्पियनसिप अन्तर्गत युएईले ओमानलाई १९२ रनको लक्ष्य दिएको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९१ रन बनाएको हो।

उसका लागि कप्तान मोहम्मद वसीमले ३८ बलमा ४ चौका र ८ छक्का प्रहार गरी ८० रन बनाएर विस्फोटक इनिङ खेले। यस्तै, आशिफ खानले २० बलमा ३५ रन बनाउँदा अली नसीरले १० बलमा १५ रन बनाए।

अन्स टण्डन २ बलमा आउट हुँदा आयन्श शर्माले ५१ बलमा ५२ रन जोडर अविजित रहे।

ओमानका लागि आकिव इलियास, आयान खान, बिलाल खान र फयाज बटले समान एक–एक विकेट लिए।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

नेपालमा हुने विश्वकप छनोटको अभ्यासका लागि गरेको प्रतियोगितामा ओमान र युएईसँगै कुवेत, कतार, साउदी अरेयिबा र बहराइन गरी छ वटा खाडी मुलुकहरू सहभागी छन्।

भदौ ३०, २०८० शनिबार २०:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।