झापामा पहिचानवादी समूहको शक्ति प्रदर्शन, १५०१ सदस्यीय युवा दस्ता घोषणा

झापामा पहिचानवादी समूहको शक्ति प्रदर्शन, १५०१ सदस्यीय युवा दस्ता घोषणा

बिर्तामोड : कोशी नाम खारेजीको आन्दोलन जारी राखेका पहिचानवादीहरूले झापाको बिर्तामोडमा सडक प्रदर्शनसहित युवा दस्ता घोषणा गरेका छन्।

प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाले एक कार्यक्रम गरी सामी पालुङ्वाको संयोजकत्वमा १५०१ सदस्यीय युवा दस्ता घोषणा गरेको हो।

बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि लाठीसहितको जर्सीधारी युवाहरूलाई बिर्तामोडमा मार्चपास गरे। मार्चपासपछि बिर्तामोडको अदुवा पुलनजिक कोणसभा गरिएको थियो।

सभामा विभिन्न जातीय संस्थाका अगुवाहरूले बोलेका थिए। यसअघि ठूलो संख्यामा तैनाथ प्रहरीले लट्ठीसहित मार्चपास गर्न नदिने बताए पनि पछि भने दिएको थियो।

यसअघि भदौ २६ गते पहिचानवादीहरूले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए। कोशी प्रदेशको चार वटा जिल्लामा पहिचानवादीहरूले युवा दस्ता गठन गरेको जनाइएको छ।

भदौ ३०, २०८० शनिबार २०:१९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।