नाेबेल फाउन्डेसनले बढायो नोबेल पुरस्कार राशी, अब १३ करोड रूपैयाँ पाउने

नाेबेल फाउन्डेसनले बढायो नोबेल पुरस्कार राशी, अब १३ करोड रूपैयाँ पाउने

एजेन्सी : नोबेल फाउन्डेसनले नोबेल पुरस्कारको राशी बढाएको छ।

फाउन्डेसनले विगतका वर्षहरूको तुलनामा प्रत्येक विधामा १० लाख स्विडेनी क्रोना पुरस्कारको राशि बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ।

योसँगै सन् २०२३ को नोबेल पुरस्कारको पुरस्कार राशी बढेर १ करोड १० लाख स्वीडिश क्रोना हुने भएको छ। नेपाली मुद्रामा यो रकम १३ करोड ८ लाख रुपैयाँ हुनेछ।

सन् २०२२ को अन्त्यमा नोबेल फाउन्डेसनको कुल लगानी पुँजी ५ हजार ७९९ स्विडेनी क्रोनामा झरेको भए पनि अहिले आर्थिक रूपले सक्षम भएकाले पुरस्काशर राशी बढाइकएको विज्ञप्तिमा उल्लेख छ।

१९०१ मा पहिलोपटक नोबेल पुरस्कार प्रदान गर्दा, एउटा विधामाको पुरस्कार राशी १ लाख ५० हजार ७८२ स्वीडिश क्रोना थियो। त्यसयता पुरस्कारको रकम पटक–पटक परिवर्तन भएको छ।

सन् २०१२ मा पुरस्कार राशी एक करोड स्वीडिश क्रोनाबाट ८० लाख स्वीडिश क्रोनामा घटाइएको थियो। त्यसपछि २०१७ मा यसलाई ८० लाखबाट ९० लाख स्वीडिश क्रोनामा बढाइयो।२०२०मा यसलाई बढाएर पुन: १ करोड स्वीडिश क्रोना पुर्याइएको थियो।

फाउन्डेसनले नोबेल पुरस्कार विजेताको नाम घोषणा यसै वर्षको अक्टोबर २ बाट सुरु हुने जनाएको छ।

भदौ ३०, २०८० शनिबार १४:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।