रुससँगको युद्धमा सैन्य सहयोग माग्न बाइडेनलाई भेट्दै युक्रेनका राष्ट्रपति जेलेन्स्की

रुससँगको युद्धमा सैन्य सहयोग माग्न बाइडेनलाई भेट्दै युक्रेनका राष्ट्रपति जेलेन्स्की

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच आगामी बिहीबार भेटवार्ता हुने भएको छ।

भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाइएको छ। आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ। 

बाइडेन प्रशासनले अमेरिकी संसद्लाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ। यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ।

केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर  ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए।

यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ। यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी रुसले दिएको थियो। 

 

भदौ ३०, २०८० शनिबार १३:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।