रोकिराखेको ट्रकलाई कारले ठक्कर दिंदा ट्रक चालकसहित ४ जनाको मृत्यु

रोकिराखेको ट्रकलाई कारले ठक्कर दिंदा ट्रक चालकसहित ४ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेश स्थित मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिंदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ।

आफूले रोकेको ट्रकको निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिंदा उनको समेत घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

भदौ ३०, २०८० शनिबार १३:०३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।