कस्तो रह्यो यो साता शेयर बजार?

कस्तो रह्यो यो साता शेयर बजार?

काठमाडौं : यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो। कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो। 

नेप्सेका अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ।

साताको पहिलो दिन आइतबार परिसूचक १०.२३ अङ्कले बढेर १९४२.६८ पुगेर रू एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो।

उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो।

त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४.३० अङ्कले बढेर १९८६.९९ अङ्कमा पुगेको थियो।

यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो।

साताको कारोबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो। मङ्गलबार नेप्से परिसूचक १९.४२ अङ्कले घटेर १९६७.४२ अङ्कको विन्दुमा आएको थियो।

यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९.४८ अङ्कले बढेर २००७.०६ अङ्कमा पुगेको थियो।

यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो।

सार्वजनिक विदाका कारण बिहीबार भने शेयर कारोबार भएन।

भदौ ३०, २०८० शनिबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।