खेल्ने क्रममा भएको सामान्य विवादमा रौतहटमा छुरा प्रहार, एक युवकको मृत्यु

खेल्ने क्रममा भएको सामान्य विवादमा रौतहटमा छुरा प्रहार, एक युवकको मृत्यु

रौतहट : रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो।

शुक्रबार साँझ सुनील यादवका दाजुभाइ तथा स्थानीय बद्री साह सोनार र किसन साहबीच खेल्ने क्रममा सामान्य विवाद भएको थियो। विवादका क्रममा छुरा प्रहार भएपछि यादवको ज्यान गएको प्रहरीले जनाएको छ। 

छुरा प्रहारपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न २५ वर्षीय बद्री र २३ वर्षीय किसनलाई नियन्त्रणमा लिएको छ।

भदौ ३०, २०८० शनिबार १२:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।