सुतेका बेला घरमा आगलागी हुँदा सल्यानमा ९ महिने छोरीसहित आमाको मृत्यु

सुतेका बेला घरमा आगलागी हुँदा सल्यानमा ९ महिने छोरीसहित आमाको मृत्यु

सल्यान : सुतेको बेला घरमा आगलागी हुँदा सल्यानमा आमा छोरीका ज्यान गएको छ। शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापा रहेका छन्।

उनीहरूको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ भने आगलागीको कारण खुलेको छैन।

भदौ ३०, २०८० शनिबार १२:२४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।