अष्ट्रेलियाविरुद्ध ४१६ रन हानेको दक्षिण अफ्रिकाको सानदार जित

अष्ट्रेलियाविरुद्ध ४१६ रन हानेको दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी : अष्ट्रेलियाविरुद्ध ४ सय १६ रन हानेको दक्षिण अफ्रिकाले चौथो एकदिवसीय खेलमा १ सय ६४ रनको फराकिलो जित हात पारेको छ।

दक्षिण अफ्रिकाको सानदार जितमा हेनरिक क्लासेन एक्लैले १ सय ७४ रनको विष्फोटक पारी खेलेका थिए। 

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय १६ रन बनाएको थियो।

जसका लागि हेनरिक क्लासेनले मात्र ८३ बलमा १३ चौका र १३ छक्कासहित १ सय ७४ रनको योगदान दिए। उनले मात्र ५७ बलमा शतक पूरा गरेका थिए।

पाँचौं विकेटका लागि डेभिड मिलरसँग मिलेर क्लासेनले मात्र ९४ बलमा २ सय २२ रनको साझेदारी गरेका थिए।

यसपछि जितको लागि ४ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४.५ ओभरमा २ सय ५२ रनमा अल आउट भयो।

अष्ट्रेलियाका लागि एलेक्स केरीले सर्वाधिक ९९ रन जोडेका थिए। दक्षिण अफ्रिकाका एनगिडीले ४ विकेट लिए।

 यो जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिजलाई २–२ को बराबरीमा पुर्याएको छ।

भदौ ३०, २०८० शनिबार ०९:३१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।