भारत एसिया कपमा बंगलादेशसँग पराजित, खेर गयो गिलको शतक
एजेन्सी : आइतबार फाइनल खेल्ने तयारीमा रहेको भारत एसिया कपको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशसँग ६ रनको पराजित भएको छ।
अन्तिम दुईमा स्थान पक्का गरिसकेको भारतलाई यो हारले खासै असर नगरे पनि श्रीलंकासँगको फाइनल अगाडि झड्का भने लागेको छ।
भारतले प्रमुख पाँच खेलाडीलाई विश्राम दिएको खेलमा रोमाञ्चक जितसँगै एसिया कपबाट बाहिरिसकेको बंगलादेशले सान्त्वना जित निकाल्यो।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो।
जसका लागि कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिएका थिए।
जवाफमा २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रनमा अल आउट भयो। भारतका लागि ओपनर शुभमन गिलले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन।
उनले १३३ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक १२१ रन जोडेका थिए।
भदौ ३०, २०८० शनिबार ०८:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।