अभिनेत्री सुहानाले भनिन्' मलाई त धेरै डर लागीराछ'
काठमाडौँ : लामै विवादपछि शुक्रवार रिलिज भएको फिल्म एक भगवत् र एक गीताले शुक्रवारै प्रिमियर शो राख्यो।
फिल्म रिलिज भएको पहिलो दिनको प्रतिक्रिया त्यति सकारात्मक आएन। तै पनि निर्माण पक्ष माउथ पब्लिसिटीले दर्शक हलसम्म आउने आशमा देखिए। फरक कथावस्तुमा बनेको फिल्मको प्रिमियरमा सहभागी अभिनेत्री सुहानाले पनि फरक अनुभव गरिछिन् डरको।
प्राय आफूलाई डर नलाग्ने दाबी गर्ने यो फिल्मको कन्सेप्ट सुहानाकै हो। डरको कारण यो पनि हुनसक्छ। जे भए पनि तेस्रो फिल्ममा आएर उनले डरको महसुस भने गरिछिन्।
उनले यस अगाडिको फिल्म रिलिजहुँदा केही नभएको तर यस पटक डर लागेको लुकाइनन्। सार्वजनिक रूपमै स्वीकार गरिन्। डरको कारण उही नयाँ कन्सेप्ट नै रहेको बताइन्।
फिल्मको प्रचारमा त्यति नदेखिएका अभिनेता धिरज मगर शुक्रवार भने हलमा देखिए। उनले आफ्नो अर्को व्यवसायीक कामले गर्दा प्रमोसनमा हिँड्न नपाएको प्रष्टिकरणदिँदै भने' आज पनि चितवनबाट यही प्रिमियरको लागि आएको हुँ।'
अर्का अभिनेता विपिन कार्कीले पनि फिल्म हेरेका छन्। सामाजिक कथामा बनेको फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पायो। तर अभिनय गरेका विपिनदेखि बाल कलाकारसम्मको अभिनयको प्रशंसा भयो। विशेष विपिन कार्कीको चरित्रको धेरैले प्रशंसा गरे।
भदौ ३०, २०८० शनिबार ०१:३८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।