उकेरा टप फाइभ : आर्थिक मन्दीले नछोएको जुत्ता उद्योगको सफलतादेखि चिनियाँ अध्यागमनमा भोग्नुपरेको दुर्व्यवहारसम्म

उकेरा टप फाइभ : आर्थिक मन्दीले नछोएको जुत्ता उद्योगको सफलतादेखि चिनियाँ अध्यागमनमा भोग्नुपरेको दुर्व्यवहारसम्म

काठमाडौं : शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणको विषयमा जानकारी गराए। संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका जान लागेका उनले जलवायु परिवर्तनबाट नेपालमा परेको गहिरो र दूरगामी प्रभावहरूको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने बताए। सोही क्रममा उनले समसामयिक विषयमा समेत जानकारी गराए।

शुक्रबारै न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गर्यो। सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरियो।

शुक्रबारै प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष संविधान दिवसका दिन बाँड्दै आएको पदक, विभूषण र अलंकार यस पटक नबाँड्ने निर्णय गर्यो। विवादित भएको र दिएका व्यििक्तले पनि अस्वीकार गरेका कारण निश्चित मापदण्ड बनाएपछि मात्र वितरण गरिने बताइयो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहान बुटवलका २८ वर्षीय व्यवसायी फरदिन खान (मिया)ले सञ्चालन गरेको जिल्लाकै ठूलो जुत्ता उद्योग मध्येको एक ‘एभरेष्ट कम्फर्ट फुट वेयर प्रालि’लाई आर्थिक मन्दीले नछोएको विषयमा समाचार लेख्यो।
पूरा समाचारः ‘आर्थिक मन्दी’ ले नछोएको एउटा जुत्ता उद्योग, वार्षिक ५० करोड बढीको कारोबार

साँझपख उकेराले नियमित स्तम्भ मध्यमधार प्रस्तुत गर्यो। जसमा समलिंगी पुरुष कबीर रहमानले आफ्नो भोगाइ र अनुभव समेटे। उनले आफू मुस्लिम समुदायको भए पनि विवाह गरेर हिन्दु परिवारमा गएको र त्यहाँ बुहारी झैँ गरी केही समय बसेको सुनाए।
पूरा समाचारः मध्यमधारः हिन्दुको ‘बुहारी’ बनेका समलिंगी पुरुष कबीर रहमान, ‘केटा–केटाको निकाह भएकाले कुबुल हे भनेपछि सक्किहाल्यो’

साँझनै उकेराले कैलाश–मानसरोवर यात्राको सिरिज लेख्यो। शुक्रबार काठमाडौं रसुवागढीसम्मको यात्राबारे लेखिएको छ। जसमा चिनियाँ अध्यागमन पंक्तिकारले भोग्नुपरेको दुर्व्यवहारलाई समेटेका छन्।
पूरा समाचारः कैलाश मानसरोवर यात्रा–१ः रेल आउने सडकमा ‘डान्सिङ बस’ यात्रा, चिनियाँ अध्यागमनमा मनै रुवाउने ह्यारेसमेन्ट

राति उकेराले विद्यालय शिक्षा विधेयकका विषयमा एक जना शिक्षकको विचारलाई समेट्यो। जसमा ती शिक्षकले विधेयकमा सुधार्नुपर्ने पक्षलाई समेटेका छन्। उनले यदि नसमेटिए कार्यान्वयनमा समस्या आउनेसमेत बताए।
पूरा समाचारः शिक्षा क्षेत्र सुधार गर्ने उदेश्य हो भने ‘विद्यालय शिक्षा विधेयक’मा सुधार्नैपर्ने १८ बुँदा

राति उकेराले नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको समाचार लेख्यो। समाचारमा निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको उल्लेख छ।
पूरा समाचारः बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यासको यथावत्

​​​​​​​

भदौ २९, २०८० शुक्रबार २२:५०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।