बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यासको यथावत्

बढ्यो पेट्रोल र डिजेलको मूल्य, ग्यासको यथावत्

काठमाडौं : नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।

मूल्य समायोजनसँगै काठमाडौं पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७३ रुपैयाँ कायम भएको छ।

यस्तै, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७२ र डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ।
 
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

भदौ २९, २०८० शुक्रबार २२:२०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।