जनमत साहित्य डटकमको तीज कविता वाचन कार्यक्रम

जनमत साहित्य डटकमको तीज कविता वाचन कार्यक्रम

काठमाडौं : जनमत साहित्य डटकमले तीजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ।

ठमेलस्थित होटेल रमदामा कवि लक्ष्मी मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कविता वाचन कार्यक्रममा कवि विमला तुम्खेवा, भावना शर्मा, शकुन्तला जोशी, शान्ति शर्मा, तारा केसी, रेनु अधिकारी मौनता, सरला श्रेष्ठका साथमा विभिन्न क्षेत्रमा आफ्नो कर्म थलो बनाइरहेका व्यक्तित्वहरूबाट कविता प्रस्तुत गरिएको थियो।

बाल रोग विशेषज्ञ डा. सिर्जना श्रेष्ठ,कलाकार सुनिता राणा, फेसन डिजाइनर मञ्जु ढकाल, गायिका तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षक कविता शर्मा, मिस वर्ल्ड युनिभर्सिटी २००३ का विजेता तथा सफ्ट स्किलका निर्देशक आयुषा श्रेष्ठ तथा मानव अधिकारकर्मी विद्या श्रेष्ठबाट लेखिएका कविताहरू वाचन गरिएको थियो।

सधैँ कविहरूको मात्रै कविता सुन्दै आएकोमा अरू क्षेत्रमा आफ्नो पहिचान बनाइ रहेका व्यक्तिहरूले लेखिएका कविताहरू सुन्न पाउँदा फरकपना अनुभव भएको सुनाउँदै प्रमुख अतिथि लक्ष्मी मालीले तीजमा बौद्धिक रूपमा भेटघाट गर्दे एक अर्काको सिर्जना सुन्न पाउनु कार्यक्रमको विशेषताको रूपमा लिएकी छन्।

कार्यक्रम जनमत साहित्य डट कमकी सम्पादक सिर्जना दुवालले सञ्चालन गर्दै अनलाइनले विभिन्न अवसर पारेर कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा पनि फरक शैलीको कार्यक्रम दिने बताइन्।

भदौ २९, २०८० शुक्रबार २१:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।