चाडपर्वमा यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’
काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ आयोजना गरेको छ।
यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजनामा यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजारदेखि १ लाख रुपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको क्यासब्याक, लक्की ड्रमार्फत दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्नेछन्।
‘हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं’, एमएडब्लु टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने।
यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ।
स्योर सट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको कम्पनीले भनाइ छ।
यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू फाइनान्सको सुविधासमेत लिनसक्नेछन्।
भदौ २९, २०८० शुक्रबार १९:४४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।