धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब ‘आइएमई पे’बाटै गर्न सकिने

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब ‘आइएमई पे’बाटै गर्न सकिने

काठमाडौं : धरान खानेपानी बोर्डको बिल भुक्तानी अब नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत गर्न सकिने भएको छ। 

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा ‘आइएमई पे’ ले यहि भदौ महिनाबाट सन्चालनमा ल्याएको हो।

साथै, ‘आइएमई पे’को ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER”  प्रयोग गरि एक सय रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्ने बताइएको छ।  

यस सुविधाले धरानवासीलाई लाइन बस्नुपर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए। 

आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ। 

भदौ २९, २०८० शुक्रबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।