सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ को तेश्रो संस्करण सम्पन्न
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रमको तेश्रो संस्करणसम्पन्न गरेको छ।
धुलिखेल स्थीत आगन्तुक रिसोर्टमामा आयोजना गरिएको तीन दिने कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ भन्ने नाराका साथ सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले हरेक आर्र्थीक वर्ष आफ्ना सिनियर एजेन्सी मेनेजरसहित केहि उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरुलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनिहरुलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको छ।
यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्र्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ।
लिडर्सहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ।
कम्पनीको यस ‘सिटिजन हिरोज कनक्लेभ’ कार्यक्रममा ६० जना लिडर्सहरुको सहभागिता रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक बिजय कुमार झाले उपस्थित सम्पूर्ण लिडर्सहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रहेको कम्पनीले जनाएको छ।
भदौ २९, २०८० शुक्रबार १७:०८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।