उच्च अदालतमा २७ जना न्यायाधीशको सिफारिस (सूचीसहित)

उच्च अदालतमा २७ जना न्यायाधीशको सिफारिस (सूचीसहित)

काठमाडौं : उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ।

आज शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको  न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।

कार्कीका अनुसार सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको हो।

संवैधानिक व्यवस्था अनुसार न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशलाइ प्रधानन्यायाधीशले उच्च अदालतमा नियुक्ति गर्नेछन्।

भदौ २९, २०८० शुक्रबार १६:५८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।