ओखलढुंगामा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

ओखलढुंगामा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

ओखलढुंगा : १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने व्यहोराको उजुरी परेको थियो।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको   छ।

भदौ २९, २०८० शुक्रबार १४:२०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।