सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा चीन भ्रमणबारे जानकारी गराउने क्रममा उनले उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढिसकेको बताए। 

उनले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ।’

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण भएकोप्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको बताउँदै उनले आक्रमण गर्ने व्यक्तिलाई कारबाही गरिने समेत बताए। 

चीन भ्रमणका क्रममा कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग जुटाउनेबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डले भनाई छ।  

भदौ २९, २०८० शुक्रबार १४:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।