सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत अनुमोदित

सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत अनुमोदित

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत अनुमोदित भएका छन्।

संसदीय सुनुवाइ समितिले शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशका लागि शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। 

यसअघि समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।  एउटा पनि उजुरी नपरेपछि शुक्रबार समितिले सुनुवाइ गर्दै उनलाई न्यायाधीशमा अनुमोदन गरेको जनाएको छ। 

भदौ १५ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। शर्माको नियुक्तिविरूद्ध समितिमा कुनै पनि उजुरी परेको थिएन।

यसअघि भदौ १० गते बसेको न्याय परिषदको बैठकले शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने बताइएकोृ छ। 

भदौ २९, २०८० शुक्रबार १३:४५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।